गृहपृष्ठ पाटन र वीर अस्पतालमा मृत्यु भएका ३ जनाकै रिपोर्ट ‘नेगेटिभ’

पाटन र वीर अस्पतालमा मृत्यु भएका ३ जनाकै रिपोर्ट ‘नेगेटिभ’

coronavirus_test report_covid 19

पाटन अस्पताल र वीर अस्पतालमा सोमबार मृत्यु भएका बिरामीमा काेभिड- १९ (काेराेना भाइरस) को संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीनै जनाको रिपोर्टमा संक्रमण ‘नेगेटिभ’ देखिएको हो ।

काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाे आशंकामा उनीहरूको नमूना परीक्षण गरिएकाेमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सोमबार वीर अस्पतालमा एक भारतीय नागरिकसहित दुई जना र पाटनमा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु