गृहपृष्ठ एक वर्षको तलब कोरोना विरूद्धको लडाईंमा खर्चने सांसद श्रेष्ठको घोषणा

एक वर्षको तलब कोरोना विरूद्धको लडाईंमा खर्चने सांसद श्रेष्ठको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक काेराेना विरूद्धकाे लडाईंका लागि प्रदान गर्ने घाेषणा गरेका छन् ।

उनले एक वर्षाकाे पारिश्रमिकमध्ये २ महिनाको कोरोनाविरुद्धको सरकारी राहत कोष र १० महिनाको विपन्न वर्गलाई दिने घोषणा गरेका हुन् । नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकतावद्ध भई आ-आफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्गकेन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।’

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु