गृहपृष्ठ चीनसँग सीमा विवाद छैन, गलत विवरणको पछि नलागौं : परराष्ट्र मन्त्रालय

चीनसँग सीमा विवाद छैन, गलत विवरणको पछि नलागौं : परराष्ट्र मन्त्रालय

'३७ र ३८ नम्बरको सीमा स्तम्भ राखिएकै थिएन'

foreign-ministry-newskarobar

सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको बताएको छ । चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेको हो ।

त्यस्तै हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ । सीमासम्बन्धी केही समस्या देखिएमा दुई देश बीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भारतले लिम्पियाधुरासहितको भुभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना गर्न खोजिएको छ । मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति :

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु