गृहपृष्ठ मलाई प्रधानमन्त्रीबाट हटाउन दिल्ली र काठमाडौंबाट षड्यन्त्र भयो : प्रधानमन्त्री ओली
मलाई प्रधानमन्त्रीबाट हटाउन दिल्ली र काठमाडौंबाट षड्यन्त्र भयो : प्रधानमन्त्री ओली
'ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ'
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि नयाँ दिल्ली र काठमाडौंबाट षड्यन्त्र भएको बताएका छन् । मदन भण्डारी जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिए ।
‘नयाँ दिल्लीका मिडिया, बौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप, त्यतिमात्र होइन होटलहरुमा भइरहेका जमघटले मलाई प्रधानमन्त्रीबाट हटाउन के-के भइरहेको छ सजिलै बुझ्न सकिन्छ,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा उनले भने, ‘चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो । अहिले हाम्रो बहुमत छ । ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’

नेपालको नागरिकता खल्तीमा राखेर भारतको पक्षमा तर्क गर्नेहरु नेपालमा भएको बताउँदै उनले नागरिकता ऐनको पक्षमा आफ्नो धारणा प्रष्ट पारेका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट हटाउन प्रयास गर्नेलाई गर्न दिऔँ । कसैले हतार नगरे हुन्छ । अहिले म हट्ने हो भने नेपालका पक्षमा कोही पनि बोल्ने मान्छे हुन्न । आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन देशका लागि आवश्यक भएकाले बसेको हुँ ।’
उनले नेपालको अतिक्रमित भूमि फिर्ता लिएरै छाडिने बताएका छन् ।
प्रकाशित समय १५:१४ बजे

















