गृहपृष्ठ सर्तसहित काठमाडौं उपत्यका प्रवेश गर्न दिने सरकारको निर्णय

सर्तसहित काठमाडौं उपत्यका प्रवेश गर्न दिने सरकारको निर्णय

समितिको बैठक । (फाइल तस्बिर)

सरकारले बाहिरी जिल्लाबाट आउनेहरूलाई सर्तसहित काठमाडौं उपत्यका प्रवेश गर्न दिने भएको छ । सोमबार बसेको कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईं जानकारी दिए । उनका अनुसार हवाई तथा स्थलमार्गबाट आउने सबैमा यही निर्णय लागू हुने छ ।

आमा र बच्चा नेपाली नागरिकताधारी र बुवा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरिएको सचिव गुरागाईं जानकारी दिए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु