गृहपृष्ठ ललितपुर जिल्लाको रिङरोडभित्र शुक्रबार कर्फ्यु
ललितपुर जिल्लाको रिङरोडभित्र शुक्रबार कर्फ्यु
जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि शुक्रबारका लागि रिङरोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्राका विषयमा पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि ललितपुर प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार कर्फ्यु जारी भएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन वा जुलुस निकाल्न पाइने छैन ।

प्रकाशित समय २२:४३ बजे

















