गृहपृष्ठ जाजरकोट दुर्घटनामा सहचालकको मृत्यु
जाजरकोट दुर्घटनामा सहचालकको मृत्यु
सांकेतिक तस्बिर ।
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका–६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।
प्रकाशित समय ११:३८ बजे

















