गृहपृष्ठ भिटेनलाई पक्राउ गर्नुपर्ने कारण देखिएन : उच्च अदालत
भिटेनलाई पक्राउ गर्नुपर्ने कारण देखिएन : उच्च अदालत
र्यापर भिटेन (समिर घिसिङ)लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको उच्च अदालतले उल्लेख गरेको उपरजिस्टार शम्भु रेग्मीले जानकारी दिए । घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।
केही दिनअघि भिटेनले सार्वजनिक गरेको गीत ‘पारा’मा अपाच्य शब्द प्रयोग गरिएको विषयमा छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूरोले भिटेनको खोजी सुरु गरेको थियो । भिटेनले सार्वजनिक रुपमा माफी माग्दै गीत परिमार्जन गर्ने बताइसकेका छन् ।
प्रकाशित समय १७:०५ बजे

















