गृहपृष्ठ राष्ट्रिय जनगणना २०७८ : ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो
राष्ट्रिय जनगणना २०७८ : ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो
राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्न प्रक्रिया थालेको छ । यसका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षकका लागि केन्द्रीय तथ्यांक विभागले आइतबार दरखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले विभागको वेबसाइटमार्फत ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्नेछन् ।गणकका लागि दश जोड दुई र सुपरिवेक्षकका लागि स्नातक तहको शिक्षा अनिवार्य गरिएको छ । स्नातक तह सकेकाले भने सुपरिवेक्षकसँगै गणकमा पनि आवेदन दिन पाउनेछन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने विभागले जनाएको छ ।
जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने जानकारी विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले बताए ।
प्रकाशित समय १४:१७ बजे

















