गृहपृष्ठ डा. देवकोटाको दाहासंस्कार विद्युतीय शवदाह गृहमा
डा. देवकोटाको दाहासंस्कार विद्युतीय शवदाह गृहमा
दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार अपराह्न विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्ठी गरिएको हो ।
देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिए । अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी दिएको थियो । अन्त्येष्टिका क्रममा सयौं शुभेक्षुक सहभागी थिए । अन्तिम श्रद्धाञ्जलीका लागि कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि सहभागी थिए ।
स्वर्गीय देवकोटाको पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकिरिया गर्नेछन् । काजकिरिया सात दिनमा सक्ने पारिवारिक स्रोतले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ निधन भएको हो ।
प्रकाशित समय १७:२५ बजे

















