गृहपृष्ठ अझै कति लाग्छ नारायणगढ-मुग्लिनको पहिरो पञ्छाउन ? यस्तो छ प्रहरीको जवाफ

अझै कति लाग्छ नारायणगढ-मुग्लिनको पहिरो पञ्छाउन ? यस्तो छ प्रहरीको जवाफ

Narayangadh muglin sadak

नारायणगढ मुग्लिन सडकखण्डमा एउटा पहिरो नखुलाउँदै अर्काे पहिरो खसेपछि यातायात आवागमन थप अनिश्चित बनेको छ ।

टोपे खोला नजिक मंगलबार् गएको पहिरो पन्छाउने कार्य भइरहेका बेला २ सय मिटर पर अर्काे पहिरो खसेपछि सडक खुल्ने अनिश्चित बनेको हो । टोपे खोला नजिक मंगलबार गएको पहिरो पन्छाउन अहिले ३ स्काभेटरसहित प्रहरी परिचालन गरिएको छ । तर, उक्त पहिरो पन्छाउन नपाउँदै पुन अर्काे पहिरो गएपछि यातायात संचालन हुन समय लाग्ने भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठोरले जानकारी दि । ‘पहिलेको पहिरो नजिकै अर्काे पहिरो खसेको छ,’ राठौरले न्युजकारोबारसँग भने, ‘सडक पुरै अबरुद्ध छ, पन्छाउने कार्य भइरहेको छ हामी सडक छिट्टै खुलाउछौँ ।’ अझै पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने उनले बताए । ‘यति नै समय लाग्छ भन्ने टुंगै भएन,’ उनले भने, ‘तर छिट्टोभन्दा छिट्टो खुलाउन हाम्रो प्रयास जारी छ ।’

बिहान ८ बजेतिर कालीखोला र जलबीरे खोलाबीचमा गएको पहिरो पन्छाउन जिल्ला प्रशासन कार्यलय चितवनले स्काभेटरसहित जनशक्ति पठाउने तयारी गरेको छ । पहिरोमा परि कुनै मानवीय क्षति नभएपनि दुवैतर्फ यात्रुबाहक, मालबाहक सवारीसाधनबीच बाटामै अलपत्र परेका छन् ।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु