गृहपृष्ठ साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुराको साँफे मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल बर्षासँगै झरेको पहिरोले सो सडकखण्ड अवरुद्ध भएको हो । मार्तडीको कारागार नजिकै पहिरो झरेपछि आवागमन रोकिएको बाजुरा प्रहरीले जनाएको छ ।

सो सडकखण्ड भएर चल्ने सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ ।

प्रकाशित समय ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु