गृहपृष्ठ अपडेट : इन्द्रेणी फुडल्यान्डमा मन्त्रीका गाडी तोडफोड

अपडेट : इन्द्रेणी फुडल्यान्डमा मन्त्रीका गाडी तोडफोड

andolan-newskarobar (1)

 

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाहिर रहेका मन्त्रीका गाडी तोडफोड भएको छ । नेपाली कांग्रेसका भ्रातृ संगठनमा आबद्ध युवाले पार्क गरिराखेका मन्त्रीहरुका गाडी तोडफोड गरेका हुन् ।

इन्द्रेणी फुडल्यान्डअगाडि पार्क गरेर राखेका ग. १ झ २७६ र बा. २ झ ३७६३ नम्बरका मन्त्रीका गाडी तोडफोड भएका हुन् । यी गाडी प्रदेश ४ र प्रदेश ३ का मन्त्रीका हुन् ।

डा. केसीको समर्थनमा प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संगठनमाथि केही समयअघि प्रहरीले बल प्रयोग गरेको थियो । आन्दोलनकारीले इन्द्रेणी फुडल्यान्डमा समेत तोडफोड गरेका छन् । प्रदर्शनकारीले ढुंगा र इँटा प्रहार गर्दा फुडल्यान्डका केही झ्यालका सिसा फुटेका छन् ।

andolan-newskarobar (1)

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु