गृहपृष्ठ गोबर ग्याँसको खाडलमा एक युवा मृत अवस्थामा भेटिए

गोबर ग्याँसको खाडलमा एक युवा मृत अवस्थामा भेटिए

death-newskarobar सांकेतिक तस्बिर

पोखरामा गोबर ग्याँसको खाडलमा एक युवा मृत अवस्थामा भेटिएका छन् । पोखरामा मजदुरी गर्दै आएका भारतीय नागरिक पोखरा लेखनाथ महानगरपालिका–८, चालिसे चोकमा बस्दै आएका करिब ४० वर्षीय बाबुलाल प्रजापति शनिबार बिहान मृत फेला परेको कास्की प्रहरीले जनाएको छ ।

दुई दिनदेखि सम्पर्कविहीन भएका प्रजापतिलाई डेरानजिक रहेको गोबर ग्याँसको मल निकास हुने खाडलमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । काकासँग बस्दै आएका प्रजापतिलाई छारे रोगको समस्या रहेको परिवारले बताएका छन् ।

मृतक प्रजापतिको शरीरमा कुनै चोटपटक नदेखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवीन कार्कीले बताए । उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु