गृहपृष्ठ नुवाकोटको विदुरमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, स्थिति तनावग्रस्त

नुवाकोटको विदुरमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, स्थिति तनावग्रस्त

 

नुवाकोटको विदुर नगरपालिकामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । नगरपालिकाले कर उठाउने विषयमा बढेको विवादले झडपको स्थिति निम्तिएको हो । झडपमा कांग्रेसका पाँच कार्यकर्ता घाइते भएका छन् ।

नगरप्रमुख सञ्जु पण्डितले कांग्रेसको पराजित मानसिकता सिकार स्थानीय सरकारदेखि केन्द्रसम्म बनिरहेको बताए । नगरपालिका चुनावमा अाफूसँग हार व्यहोरेका ध्रुव अधिकारीले नै नगरपालिकाबाहिरका दुर्इ-तीन सय मान्छे ल्याएर कार्यालयमा ढुंगा प्रहार गरेको उनले जानकारी दिए । ढुंगा प्रहारबाट नगरपालिकाका झ्यालका सिसा फुट्नुका साथै ट्रिप्परमा समेत ताेडफोड गरिएको  नगरपालिकाले जनाएको छ ।

२०६२ सालमा नगरपालिका प्रशासन र स्थानीय सर्वदलीय बैठकले निर्णय गरेर लागू गर्न नसकेको एकीकृत सम्पत्ति कर जनप्रतिनिधि अाएपछि लागू गर्न खोज्दा जबर्जस्ती इस्यु बनाइएको नगरप्रमुख पण्डितको आरोप छ । करको दरमा सामान्यमात्र हेरफेर भएको भए पनि ग्रामीण र कम अायस्रोत भएका नागरिकलार्इ कुनै भार नपर्ने उनले स्पष्ट पारे । तर, कांग्रेसले केन्द्रको निर्णयअनुसार नै नगरपालिका कार्यालयमा बिनाआधार तोडफोड गरेको उनको भनाइ छ ।

नगरपालिकामा उछृंखल गतिविधि मच्चाउन अधिकारीसहित उनका भाइ सुरेन्द्र अधिकारी, नेपाली कांग्रेस जिल्ला अध्यक्ष बिन्दा अर्याल, जिल्ला प्रवक्ता राज थापालगायत २-३ सय कांग्रेस कार्यकर्ता पुगेको नगरप्रमुख पण्डितले जानकारी दिए ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर बढाएको विरोधमा कांग्रेसका कार्यकर्ताले केही दिनदेखि विरोध जनाउँदै अाएका थिए । उनीहरूले नगरपालिकाले स्थानीय बासिन्दाको क्षमताभन्दा बढी कर लगाइएकाले  विरोध गर्नुपरेको बताएका छन् ।

 

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु