गृहपृष्ठ महाकाली नदीमा बगेर एक युवक बेपत्ता
महाकाली नदीमा बगेर एक युवक बेपत्ता

दार्चुलाको ब्यास गाउँपालिका–१, बुदिमा महाकाली नदी तर्ने क्रममा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यास गाउँपालिका–२, स्याँकुका नन्दु धामीका छोरा १८ वर्षीय रवि धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहान ८ बजेतिर बुदिबाट महाकाली तरेर भारत जाने क्रममा धामी नदीमा खसेर बेपत्ता भएका हुन् । घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी चौकी सितापुलबाट प्रहरी टोली घटनास्थल गएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रकाशित समय १५:३३ बजे