गृहपृष्ठ फेरि १३ वर्षिया बालिका बलात्कृत

फेरि १३ वर्षिया बालिका बलात्कृत

balatkaar-newskarobar सांकेतिक तस्बिर

प्रदेश नम्बर ७ का जिल्लामा बलात्कारका घटान बढेको छ । झण्डै दुई साताको अवधिमा चार वटा बलात्कारका घटना भएका छन् । कैलालीको लम्किचुहा चिसापानी ३ मा फेरी १३ वर्षिया बालिका बलात्कृत भएकी छिन् । घटना गत बिहिबार भएपनि हिजो प्रहरीमा पीडित पक्षले उजुरी दिएपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले लम्किचुहा ३ का वसन्त बुढालाई पक्राउ गरेको छ । प्रहररीले घटनाका विषमा अनुसन्धान गरि दोषीलाई कारबाही गर्ने जनाएको छ ।
अघिल्लो साता कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । कभीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो । पन्तको आफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको थिाये ।

सो घटना सेलाउन नपाउँदै कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाकी एक युवती बलात्कृत भएकी थिइन् । मुक्तकमैया शिविरमा बस्दै आएकी २० वर्षीया युवतीलाई ३२ वर्षीय बिन्तिराम चौधरीले बलात्कार गरेको आरोप लागेको थियो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा १६ वर्षिय किशोरीमाथी हिजो बलात्कारको प्रयास भएको छ । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले २६ वर्षिय विकास बुढालाई पक्राउ गरेको छ ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु