गृहपृष्ठ जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो, चार बालबालिका अझै बेपत्ता, उद्धार जारी
जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो, चार बालबालिका अझै बेपत्ता, उद्धार जारी
जाजरकोट सदरमुकाम खलंगामा पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चार जना बालबालिका बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ ।
मृत्यु हुनेमा भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारकी श्रीमती शिततला लुहार उनकी छोरीहरु ९ बर्षिया भावना परियार, ६ बर्षिया रञ्जना परियार र ३ बर्षिया मनिसा परियार रहेका छन् । घरमुली तिर्थराज बोहराकी ७ बर्षिया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । उद्धार गरिएका खड्गबहादुर लुहारको अहिले उपचार भइरहेको छ ।
त्यस्तै गोपाल सुनारको घर पहिरोले पुरिँदा चार जना बालबालिका बेपत्ता भएका छन् । उनीहरुको अहिले प्रहरी सेना र स्थानियले उद्धार गरिरहेका छन् । पानी परिरहेकोले उद्धारमा कठिनाई भएको प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।
प्रकाशित समय ११:४५ बजे

















