गृहपृष्ठ राहतका लागि प्रदेश ६ का कानुनमन्त्रीसहितको टोली जाजरकोट प्रस्थान

राहतका लागि प्रदेश ६ का कानुनमन्त्रीसहितको टोली जाजरकोट प्रस्थान

jajarkot-newskarobar पहिराेमा परेकाहरूलार्इ आइतबार उद्धार गर्दै प्रहरी ।

 

राहत वितरणका लागि प्रदेश ६ का कानुनमन्त्रीसहितको टोली जाजरकोट प्रस्थान गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, जाजरकोटका सांसदहरू गणेशप्रसाद सिंह, कौशिलावती खत्री र कृष्ण शाहसहितको टोली राहत वितरणका लागि जाजरकोट प्रस्थान गरेको हो ।

जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी ८ जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् । बेपत्ता एकजनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु