गृहपृष्ठ बिरामीको स्वास्थ्य हाम्रो मुख्य प्राथमिकता : अमृत बुढाथोकी
बिरामीको स्वास्थ्य हाम्रो मुख्य प्राथमिकता : अमृत बुढाथोकी
लामो समयदेखि समाज सेवा गर्दै आएका अर्मृत बुढाथोकी दोलखा सामुदायिक हस्पिटलको सञ्चालक तथा कार्यकारी प्रमुख हुन् । जन्मभूमिलाई माया गर्ने भनेकै आफ्नो क्षमताले भ्याएसम्म आफ्नै ठाउँमा योगदान दिनुपर्ने धारणा राख्ने उनी विदेशमा अवसर पाएर पनि आफ्नै ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन् । दोलखा सामुदायिक हस्पिटल खोलेर जनताको सेवामा तल्लीन बुढाथोकीसँग न्युज कारोबारका लागि सञ्जय श्रेष्ठले गरेको कुराकानी :
दोलखा सामुदायिक हस्पिटलको अवस्था कस्तो छ ?
यो हस्पिटल २०६५ सालबाट सञ्चालनमा आएको हो । सुरुमा १५ शय्याबाट सुरुभएको यो हस्पिटल अहिले ५० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । दोलखा सामुदायिक हस्पिटलमा रामेछाप, सिन्धुपाल्चोक र दोलखाको बिरामीहरुले सेवा लिइरहनुभएको छ । अहिले सम्म दोलखा सामुदायिक हस्पिटलको अबस्था राम्रो छ ।
हस्पिटलमा विशेष गरी कुन रोगको उपचार गरिन्छ ?
दोलखा सामुदायिक हस्पिटलमा विशेष त हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, अर्थोपेडिकको विशेषज्ञहरु छन् । बिशेषतः दोलखा सामुदायिक हस्पिटलमा हाडजोर्नी तथा नशा राग कै उपचार हुन्छ ।
हस्पिटलमा सञ्चालन निर्देशिकाअनुसारको इक्यिुपमेन्ट छ कि छैन ?
दोलखा जिल्लामा सेवाको हिसाबले हामी यो जिल्लाको सेवामा स्थापित छौं । यो हस्पिटलमा बिभिन्न किसिमको अत्याधुनिक मेसिनहरु छन् । हामीसँग आधुनिक अल्टासाउड मेसिन, डिजिटल एक्स रे मेसिन, थाइराइटको मेसिन हाम्रोमा छ । हामी हस्पिटल सञ्चालन निर्देशिकाअनुरुप नै छौं । हामीले निर्देशिकालाई सेवाको हिसाबले पनि र पूर्वाधारको हिसाबले पनि पालना गरेको छौं ।
दोलखा सामुदायिक हस्पिटलमा बिरामीको चाप कस्तो छ ?
हस्पिटलमा दैनिक ओ पि डी बिरामी नै ७०–७५ जना हुन्छ । सरदर भर्ना १५–२० जना हुन्छ । बाकी अन्य किसीमको बिरामीको पनि त्यति नै संख्यामा छ ।
हस्पिटलको शुल्क कस्तो छ ?
हस्पिटलको शल्क सामान्य नै छ । हामीले नर्मल ओ पि डी ५० र कन्सल्ट्यान्टको १५० लिने गरेको छौं । बाँकी त रोगअनुसार उपचार हुन्छ, त्यसको त्यसै अनुसार शुल्क निर्धारण गरेका छौं । हस्पिटलमा सबैको पहुँच हुन्छ । हामीले सबैलाई सबैको आर्थिक सामाजीक कुराहरुको मध्ये नजर गर्दै शुल्क निर्धारण गरेका छौं ।
हस्पिटलको नाम समुदायमा आधारित छ, तर यसको पहुँच समुदायमा कत्तिको छ ?
हस्पिटलको अवधारण भनेकै सर्वसाधारणको स्वास्थ्य क्षेत्रमा पहुँज राख्नको लागि हो । त्यसैले हामीले सर्बसासाधरणको पहुँलाई विशेष ध्यान दिँदै हरेक पार्टमा सहुलियत तथा पहुँच हुने गरी गरेका छौं । त्यसैले पनि हामीले समुदायमा आधारित नाम राखेका हौं । हामाीले सरकारले तोकेको १० प्रतिशत सहुलियतको पनि हामीले वास्तविक व्यक्तिलाई दिने गरेको छौं ।
स्वास्थ्य क्षेत्रमा सिन्डिकेट छ, यस हस्पिटल बिरामीको सेवाप्रति कत्तिको सचेत छ ?
प्हिलो कुरा दोलखा जिल्लाको सवालमा स्वास्थ्यमा सिन्डिकेट के हो मलाई थाहा छैन । यहाँ बिरामीको स्वेच्छाले सेवा लिन सकिन्छ । हामीले कहिलै पनि बिरामीलाइ हाम्रैमा उपचार गर्नुपर्छ भनेका छैनौं । बिरामीको स्वास्थ्यलाई हामीले सबैभन्दा बढी प्राथमिकता दिएका छौं । हामीले कुनै बिरामीको उपचारमा मिसयुज नहोस् भनेर सबै दक्ष र अनुभवी कर्मचारी नियुक्ति गरेको छौं ।
हस्पिटललाई सबैको पहुँचमा पुर्याउनको लागी के के कार्यक्रम छन् ?
हामीले हस्पिटललाई सबैको पहुँचमा पु¥याउनको लागी रेडियो प्रोग्राम गरिरहेका छौं । ताकी स्वास्थ्य क्षेत्रमा मानिसहरुको चेतना बृद्धि होस भनेर डाक्टरहरुसँग अन्तर्वार्ताको कार्यक्रम गर्दै आएका छौं । हामीले शिबिरहरु सञ्चालन गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रमा जनतालाई सुचित हुने र हामीले सकेको कार्यक्रम गरेका छौं ।
हस्पिटलको भबिष्यको योजना के छ ?
निकट भबिष्यमा नै हस्पिटललाई हामी एकेडेमिक रुपमा पनि बिकास गर्दै छौं । अहिले पनि हामीले अनमिको अध्यापन गराएको छौ तर यसलाई हामीले अलि बृहत बनाउने र सिएम, एचए पनि पढाउने योजनामा छौं ।
प्रकाशित समय १७:३३ बजे

















