गृहपृष्ठ विराटनगरको भारतीय फिल्ड अफिस हटाउने निर्णय

विराटनगरको भारतीय फिल्ड अफिस हटाउने निर्णय

काठमाडौं- भारत सरकारले विराटनगरस्थित आफ्नो फिल्ड अफिस बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग सो कार्यालय बन्द गर्ने विषयमा कुरा उठाइएको थियो ।
नेपाल भ्रमणबाट फर्के लगत्तै भारतीय प्रधानमन्त्री मोदीले उक्त कार्यालय बन्द गर्न निर्देशन दिएपछि उक्त कार्यालय बन्द भएको हो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई उक्त कुराको जानकारी समेत गराएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा समेत विराटनगरस्थित फिल्ड अफिस छिटै बन्द हुने घोषणा गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले नेपालको विराटनगरस्थित फिल्ड अफिस बन्द गरेको घोषणा गरेको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उक्त कार्यालय कोशी डुवान समाधानका लागि खोलिएको र त्यसको प्रयोजन समाप्त भएको भारतको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु