गृहपृष्ठ मंगलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ जना डिस्चार्ज

मंगलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ जना डिस्चार्ज

मंलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप ९६६ जना कोरोनामुक्त भएका छन् । यससँगै देशभर कोरोना भाइरसबाट निको भई घर फर्किनको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । आज कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन् । यसका साथै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको १ हजार ७९८ संख्या पुगिसकेका छन् ।

देशभर सक्रिय संक्रमितको ७ हजार ७२९ संख्या जना छ । जसमध्ये ७ हजार ७२९ जना आइसोलेसनमा र ४१३ जना क्वारेन्टिनमा छन् । आज थप ७ हजार जनामा पीसीआर परीक्षण भएका छन् । यसका साथै नेपालमा अहिलेसम्म १८ लाख ८४ हजार १ सय ८१ जनामा पीसीआर परीक्षण गरिसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु