गृहपृष्ठ भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’ मान्यता
भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’ मान्यता
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई मान्यता दिने फैसला शुक्रबार सुनाएको छ ।
आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो ।
सर्वोच्च अदालतले स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अ
वस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख गरेको छ ।
अचेतन अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन बढी विरामी भएकाहरूलाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ ।
यो फैसलाका लागि पाँच जना न्यायाधीशसहितको इजलाशको नेतृत्व गर्नुभएका भारतका प्रधान न्यायाधीशले भन्नुभयो, “मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउन सक्छन् ।”
अदालतले निर्देशिका बनाएर लागु गर्नुपर्नेमा जोड दिएको छ । साथै कसैले इच्छामृत्यु चाहेमा उसको उपचार विवरण ९मेडिकल रिपोर्ट० सहित अदालतमा निवेदन दिनुपर्ने र त्यसलाई अदालतले अनुमति दिनसक्ने आदेशमा उल्लेख छ ।
रासस
प्रकाशित समय ०८:१५ बजे