गृहपृष्ठ स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ ? आफ्नो हात हेर्नुस्
स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ ? आफ्नो हात हेर्नुस्

आफ्नो स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ ? हात हेर्नुस ! सुन्दा अचम्म लाग्न सक्छ, हात हेर्ने काम जोतिषको हो । स्वास्थ्य अवस्था बारेको चिन्ता कसरी हट्छ ?
जोतिषले हातका रेखाहरु हेरेर भाग्य बताईदिन्छन् । तर, आफ्नो हात आफैँले हेरेर बिभिन्न प्रकारका गम्भीर रोगबारे थाहा पाउन सकिने विषय कमैलाई जानकारी हुनसक्छ ।
स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे शरीरका विभिन्न अंगले अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । त्यसमा पनि हातले धेरै किसिमका संकेतहरु दिन्छ ।
हातका रेखाहरुले हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता समस्याबारे संकेत गर्ने गर्दछ । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा बिभिन्न तत्वको अभाबको संकेत गरिरहेका हुन्छन् ।
थाइराइड फङ्सन
सुन्निएका औंला र चिसा हात ‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत हुन सक्छ । सक्रिय खालका थाइराइड अर्थात् ‘हाइपरथाइराइडिजम’मा भने हातको छाला रातो या सुख्खा हुने गर्छ ।
पोषक तत्वको तह
नङ बिनाकारण भाँच्चिइरहन्छ भने त्यो जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमीका कारण हुन सक्छ । यो क्याल्सियमको कमी हुने रोग ‘हाइपो काल्सिमिया’को संकेत पनि हुन सक्छ । न्युयोर्कका छालारोग विशेषज्ञ डा. डेभिड ई ब्यांकका अनुसार प्रोटिनको कमीले नङ टुक्रा हुन सक्छ ।
हाइपरहाइड्रोसिस
चिन्ता बढ्दा या शारीरिक अभ्यास गर्दा अधिकांशको हत्केलामा पसिना आउँछ । तर, हत्केलाका पसिनाका ग्रन्थीहरु आवश्यकभन्दा बढी सक्रिय हुन्छन् भने ‘हाइपरहाइड्रोसिस’को संकेत हुन सक्छ । अमेरिकी प्राध्यापक डा. गेरी गोल्डेनवर्गका अनुसार हाइपरहाइड्रोसिस आनुवंशिक हुन्छ र बाल्यकाल अथवा वस्क उमेरदेखि नै देखिन्छ ।
मुटुको अवस्था
मुठी कति बलियोसँग पार्न सकिन्छ भन्ने कुराबाट मुटु कति स्वस्थ छ वा हृदय दयाघात अथवा स्ट्रोक हुने खतरा छ–छैन भनेर संकेत पाउन सकिन्छ । यदि, मुठी दर्बिलो छ भने मुटुको अवस्था राम्रो भएको संकेतका रुपमा लिन सकिन्छ । मुठी कमजोर छ भने दीर्घकालीन स्वास्थ्य समस्या छ भन्ने देखाउँछ ।
पार्किन्सन्सको संकेत
आराम गरेको अवस्थामा या कुनै पनि कार्य नगर्दा पनि हात हल्लिरहन्छ भने पार्किन्सन्स रोगको संकेत हुन सक्छ । तर, तनाव, क्याफिन सेवनजस्ता कारणले पनि हात हल्लिन सक्छ ।
अक्सिजनको तह
स्वस्थ राता रक्तकोषको कमी भएको अवस्थालाई ‘एनिमिया’ भनिन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरुमा आवश्यक मात्रामा अक्सिजन पुग्न सक्दैन । यदि हात र नङ पहेँलो छ भने एनिमियाको संकेत हुन सक्छ ।
(विभिन्न वेबसाइटहरुको सहायतामा)
प्रकाशित समय १८:३७ बजे