गृहपृष्ठ चिकित्सकहरुलाई आमहड्ताल नगर्न आग्रह
चिकित्सकहरुलाई आमहड्ताल नगर्न आग्रह

नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहड्तालमा नउत्रन आग्रह गरेको छ ।
संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आम हड्ताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गरेका हुन् ।
उनले डा. गोविन्द केसीले उठाउनु भएका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएकाले संसद्बाट नै समाधान खोजिनुपर्नेमा जोड दिए ।
प्रकाशित समय ०७:२८ बजे