गृहपृष्ठ स्वास्थ्य चौकीलाई जग्गादान

स्वास्थ्य चौकीलाई जग्गादान

बैतडी, १४ पुस बैतडीको सुर्नया गाउँपालिका–५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि सुर्नया–५ को दीपखाली बस्ने स्थानीय बासिन्दा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान दिएका छन् ।

स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई भइरहेका बेला जग्गा प्राप्त भएपछि अब स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुने वडा नं ५ का वडाध्यक्ष केशवसिंह मडैले जानकारी दिनुभयो ।

बिष्ट परिवारले स्वाथ्यचौकीका नाममा जग्गा नामसारी गरिसकेको र उक्त जमिनमा अब स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।

बैतडीका अधिकांश स्वास्थ्य चौकीका भवन निर्माणका लागि स्थानीय बासिन्दाले जग्गादान गरेका थिए ।

प्रकाशित समय ०५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु