गृहपृष्ठ यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जना पक्राउ
यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जना पक्राउ
यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जना भारतीय नागरिकसहित १५ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुले संचालन गर्दै आएको कार्यालयमा छापा मारेर यौनबर्धक औषधिहरुसमेत बरामद गरेको छ। भारत मदरपुर घर भइ ग्रिन हवल एण्ड फिटनेश सप संचालक मेजर सिंह, फस्ट डिल अनलाइन सपिङका म्यानेजर लक्ष्मी कटेल, कान्तिपुर टेलिसप संचालक रत्न घिमिरे,गोर्खा हर्वलका कामदार सुदिल ढकाल, टेलि कर्मेट नेपालका संचालक बसन्ता सम्बाहाम्फेलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
त्यस्तै एसियन हर्व होमका संचालक सुप्रभा केसी, हर्व सप कोटेश्वरका संचालक सुर्यबहादुर रायमाझी, टेलिवान संजिवनी हर्वलका संचालक बाबुराम ढकाल, ग्लोवल टिभी प्रोडक्टका कुमार भारती, यादवराज भागी, टेलि सेन्टरका संचालक विपिन बोलखे, नेचुरल टिभी सपका रविन खड्का, विजी हर्वलका ओमराज पौडेल,निक्रिता इम्पेक्सका विकाश गोगल र सितारा हर्वलका संचालक यमनाथ पौडेल पक्राउ परेको एसपी श्रेष्ठले बताए।
उनीहरुले लामो समयदेखि नाम चलेका दैनिक पत्रिका र टिभीहरुमा भ्रमपुर्ण विज्ञापन बनाइ सर्वसाधारण ठगी गरेको उनले बताए। उनीहरुले कम्पनी दर्ता नै नगरी अवैध औषधिहरु बेच्दै आएको सिआइबीले जनाएको छ।
प्रकाशित समय ०६:३७ बजे