गृहपृष्ठ प्रदेश सभा र प्रदेश राजधानी तोक्ने सरकारको तयारी
प्रदेश सभा र प्रदेश राजधानी तोक्ने सरकारको तयारी
राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने भएपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने गृहकार्य अघि बढाएको छ । सरकारले यसै साता दुवै विषयमा निर्णय गर्ने मन्त्रिपरिषद्का एक सदस्यले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारले राष्ट्रिय सभा अध्यादेश पारित गरेपछि राष्ट्रिय सभा निर्वाचनको लाग बाटो खुलेको हो । यसअघि दलहरुबीच भएको विवादका कारण राष्ट्रपतिले अध्यादेश जारी गर्न ढिलाई गरेकी थिइन् ।
सरकारले यसै साता प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकेपछि प्रदेश सभाको गठन हुनेछ । प्रदेश सभाको गठनलगत्तै राष्ट्रिय सभाको निर्वाचन हुनेछ ।
प्रदेश सभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सभा गठनलगत्तै राष्ट्रिय सभा निर्वाचनको लागि मतदाताको यकिन संख्या थाहा हुनेछ ।
राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश सभा सदस्य र स्थानीय निकाय प्रमुख र उपप्रमुखले मत हाल्न पाउने व्यवस्था छ । यिनै मतको आधारमा आगामी ६ वर्षको लागि राष्ट्रिय सभा गठन हुनेछ ।
प्रकाशित समय ०६:५० बजे

















