गृहपृष्ठ टर्कीको सहयोगमा नेपालमा सुविधासम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै

टर्कीको सहयोगमा नेपालमा सुविधासम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै

टर्कीको इस्तानबुलमा रहेको खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा क्यान्सर केन्द्रको स्थापना गर्ने भएको छ ।

क्यान्सर केन्द्रको स्थापना गर्ने सम्झौता पत्रमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्की व्यापार काउन्सिलका अध्यक्ष मुस्ताफा अकिन्छनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उत्कृष्ट उपकरणहरु भित्र्याउँदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने बताइएको छ ।

अस्पतालका अध्यक्ष डा. महतोले सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर जस्तो रोगको उच्चस्तरिय उपचार पाउने र विदेशसम्म पुग्नु नपर्ने बताएका छन् । सबै वर्ग र समुदायसम्म उपचार पहुँचयोग्य बनाउन पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्नेमा महातोे विश्वस्त छन् ।

नेपाल टर्की व्यापार काउन्सिलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सर जस्तो रोगको निराकरणमा टेवा पु¥याउन लागि पर्ने बताए ।

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु