गृहपृष्ठ सरकार गठनको एक वर्ष, प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै
सरकार गठनको एक वर्ष, प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।
अपराह्न ४ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ओलीको सम्बोधनमा सरकारले एक वर्षमा हासिल गरेका उपलब्धि र भावी योजना समेटिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ओली प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पूरा हुँदैछ ।
प्रकाशित समय १०:०४ बजे
















