गृहपृष्ठ चीनमा फाइभ जीलाई सरकारी अनुमति

चीनमा फाइभ जीलाई सरकारी अनुमति

5g-lisence-newskarobar

चीनले तीनवटा टेलिकम कम्पनीलाई फाइभ जी सञ्चालनको अनुमति दिएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमलाई व्यावसायिक रुपमा फाइभ जी सञ्चालनको लाइसेन्स दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिकम्युनिकेसन अपरेटर चाइना ब्रोडकास्टिङ नेटवर्कले पनि फाइभ जीको लाइसेन्स पाएको छ । संसारकै ठूलो दूरसञ्चार पूर्वाधार निर्माता कम्पनी हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि चीन सरकारले फाइभ जी सेवा सञ्चालनको अनुमति दिएको बताइएको छ । यी कम्पनीले हुवावेकै फाइभ जी पूर्वाधार प्रयोग गरिरहेका छन् ।

अमेरिकाले भने हुवावेलाई कुनै पनि सामान बिक्री नगर्न अमेरिकी कम्पनीहरूलाई बाध्यकारी बनाएको छ । अमेरिकी कदमविरुद्धको चिनियाँ निर्णयले चीन–अमेरिका व्यापार युद्ध थप चर्किने संकेत गरेको छ । यसले अमेरिकाका गतिविधिलाई चुनौती दिँदै चीन अघि बढेको अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् । अमेरिका, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलियाले यसअघि नै फाइभ जी विस्तारको तयारी अघि बढाइसकेका छन् ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु