गृहपृष्ठ मोबाइल किन्दा १ लाखको बिमा, जतिसुकै पुरानो मोबाइल पनि साटिने
मोबाइल किन्दा १ लाखको बिमा, जतिसुकै पुरानो मोबाइल पनि साटिने
राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भइरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको घुइँचो लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै झन्डै आधा दर्जन अफर थप गरिएको छ ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल निःशुल्क पाउने यसअघिको योजनामा मोबाइलका ४ मोडल थप गरिएको छ । साथै, हरेक मोबाइलको खरिदमा १ लाख रुपैयाँसम्मको जीवन बिमा, निःशुल्क सिनेमा टिकटलगायतका अफर थप गरिएको छ । ६५० रुपैयाँमा मोबाइल किन्नेहरु पनि अफरमा सहभागी हुनेछन् ।
मोबाइल मेला चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल र सिटिसि मल सुन्धाराको भुइँ तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी छ ।
मोबाइल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाइट, नुबिया भि १८ लगायत मोडलका मोबाइलको हकमा लागू हुनेछ ।
१५ हजार ९९९ रुपैयाँमा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टु मा २ वटा सिमकार्ड, ओएस एन्ड्रोइड ८.१ भर्सन, ३२०० एमएएचको ब्याट्री, ५.४५ इन्च स्क्रिन, ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा, २ जीबी –याम तथा १६ जीबी स्टोरेज छ ।
१० हजार ४९९ रुपैयाँमा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एन्ड्रोइड ७, ५ इन्चको एचडी आईपीएस स्क्रिन १ जीबी –याम, १६ जीबी स्टोरेज, २,२०० एमएएचको ब्याट्री छ ।
नुबिया ब्रान्डको विशेषता सिडीएमए तथा जिएसएम सिमकै साथ प्रयोग गर्न सकिन्छ । २८ हजार ९९९ रुपैयाँमा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ मिनीमा ५.२ इन्चको स्क्रिन, ४ जीबी –याम, ६४ जीबी स्टोरेज, १६ मेगापिक्सेलको फ्रन्ट तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ ।
त्यसैगरी ३६ हजार ९९९ रुपैयाँमा २ वटा सेट किन्न सकिने नुबिया जेड १७ मिनीएसमा ५.२ इन्चको स्क्रिन, ६ जीबी –याम, ६४ जीबी स्टोरेजका साथै पछिल्ला एन्ड्रोइड फिचर समावेश गरिएको छ ।
३४ हजार ९९९ रुपैयाँमा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५.५ इन्चको स्क्रिन, ६ जीबी –याम, ६४ जीबी स्टोरेज, फिङ्गर प्रिन्टका साथै आधुनिक फिचर्स छन् ।
३१ हजार ९९९ रुपैयाँमा २ वटा सेट किन्न सकिने नुबियाभी १८ मा ६ इन्चको स्क्रिन, ४ जीबी –याम, ६४ जीबी स्टोरेज, भी ७.१ एन्ड्रोइड भर्सन, ४००० एमएएचको ब्याट्री, फिङ्गर प्रिन्ट सेन्सरलगायत विशेषता छन् ।
मेलामा जुनसुकै ब्रान्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्था पनि मिलाइएको छ ।
मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमा सिने डिसी सिनेमाको टिकट निःशुल्क पाउनेछन् । साथै, मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान र १ लाखबराबरको जीबन बिमा निःशुल्क हुनेछ । मोबाइल मेला असार १५ गतेसम्म चल्नेछ ।
प्रकाशित समय १९:५३ बजे

















