गृहपृष्ठ सेयरबजार निरन्तर ओरालो

सेयरबजार निरन्तर ओरालो

nepse-wed-newskarobar

लगातार दुई हप्तादेखि ओरालो लागेको सेयरबजारले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से परिसूचक ०.२० अंकले ओरालो लाग्दा पनि विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बिमा समूहको भने बढेका छन् ।

नेप्से परिसूचक १२५८.४६ अंकमा पुगेर बन्द हुँदा ६ वटा समूहको परिसूचक घटेको छ । कारोबारमा आएका १६९ कम्पनीको ९ लाख ८० हजार ९१९ कित्ता सेयर ३० करोड ४१ लाख ८९ हजार ६४५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

कुल ५७ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् भने ७४ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । मंगलबार नेप्से परिसूचक २.२३ अंक घटेको थियो भने ३५ कारोडको कारोबार भएको थियो । बुधबार ३० करोड ४१ लाखको मात्र कारोबार भएको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु