गृहपृष्ठ नेपाल टेलिकमको ‘एनटी सूचनाको संसार’ सेवा सुरु

नेपाल टेलिकमको ‘एनटी सूचनाको संसार’ सेवा सुरु

nepal-telecom-newskarobar

नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवाको शुभारम्भ गरेको छ ।

टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँगको साझेदारीमा सो सेवा सुरु गरेको हो । अब यो कल–इन सिष्टमबाट नेपाल टेलिकमको मोबाइलमार्फत कल गरी कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धि जानकारी निःशुल्क लिन सकिनेछ ।

३२१०० मा डायल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । सार्वजनिक सेवाका लागि आवश्यक यससम्बन्धी विभिन्न जानकारी भियामोले तयार पारेको हो ।

यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु