गृहपृष्ठ फाइभ जी एसए नेटवर्कका लागि भोडाफोन र एसिक्सनसँग ओपोको सहकार्य
फाइभ जी एसए नेटवर्कका लागि भोडाफोन र एसिक्सनसँग ओपोको सहकार्य
ओपोले पहिलो फाइभ जी स्ट्यान्डअलोन (एसए) नेटवर्कका लागि भोडाफोन र एरिक्सनसँग सहकार्य गर्दै युरोपमा फाइभ जी एसए नेटवर्क स्लाइस सेवाको घोषणा गरेको छ । नयाँ सञ्जालको प्रमाणीकरण बेलायतको कोभेन्ट्री युनिभर्सिटीमा क्वालकम टेक्नोलोजिज र मिडियाटेकको फाइभ जी मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित ओपोका फाइभ जी स्मार्टफोनमार्फत गरिएको हो ।
प्रयोगकर्ताले आवश्यकताअनुसार स्लाएसेस स्विट्च गर्दै उत्कृष्ट अनुभव लिन सकुन् भन्ने सोचका साथ ओपो र एरिक्सनले छुट्टाछुट्टै क्वालकम टेक्नोलोजिज र मिडिया टेकसँग ओपोको फाइन्ड एक्सटु प्रो र रेनोथ्री स्मार्टफोनमा आधारित नेटवर्क स्लाइस स्विट्चिङ सफ्टवेयरको विकासका लागि काम गरेको थियो । एउटा स्लाइसको प्रयोग इन्टरनेटमा तीव्र गतिको पहुँचका लागि गरिएको थियो भने अर्कोले संकायका सदस्यहरु तथा विद्यार्थीका लागि विद्यालयका स्रोतमाथि सहज पहुँच, न्यून बिलम्बता, हाई डेफिनेसन लङ डिस्ट्यान्स टिचिङ तथा लर्निङका लागि डेडिकेटेड कनेक्सन उपलब्ध गराएको थियो ।
फाइभ जी एसए र नेटवर्क स्लाइसिङ प्रविधि ओपोको फाइजी लक्षित अग्रगामी अनुसन्धान अन्तर्गतको सफलता हो । आर एन्ड डी लगानीलाई निरन्तरता दिँदै ओपोले फाइभ जी क्षेत्रमा आफ्नो अग्रता कायम राख्ने योजना बनाएको छ । इन्टेलिजेन्ट कनेक्टिभिटीको भविष्यप्रति ओपो विश्वस्त रहेको र यस अवधारणाको मेरुदण्ड फाइभ जी भएको ओपोले जनाएको छ । ओपोले युरोपमा ४० प्रमुख क्यारियर्ससँग पार्टनरसिप गरिसकेको छ ।
प्रकाशित समय १५:५५ बजे

















