गृहपृष्ठ ओपोद्वारा ए१२ सार्वजनिक, एन्ट्री लेभलमै मेनस्ट्रिम फोनको क्षमता

ओपोद्वारा ए१२ सार्वजनिक, एन्ट्री लेभलमै मेनस्ट्रिम फोनको क्षमता

स्मार्टफोन ब्राण्ड ओपोले ‘ए’ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओपो ए१२ सार्वजनिक गरेको छ । लामोसमय टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३जीबी र्‍याम + ३२ जीबी रोम र ४जीबी र्‍याम + ६४जीबी रोम गरी दुई विकल्पका साथ सार्वजनिक गरिएको हो ।

ओपो ए१२मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर, ओक्टा(कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरालगायत मेनस्ट्रिम सेटिङले स्मुथ पर्फमेन्स दिनुका साथै यसलाई एन्ट्री लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्पका रुपमा स्थापित गर्छ ।

पर्याप्त स्टोरेज, उत्कृष्ट पर्फमेन्स

नेपाली बजारमा ओपो ए१२को, ३जीबी याम + ३२ जीबी रोम र ४जीबी र्‍याम + ६४जीबी रोम गरी दुई भ्यारियन्ट उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार यसलाई २५६जीबीसम्म बढाउन सक्ने सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको सञ्चय क्षमताको चिन्ताबिना आफ्नो दैनिकीमा फोनको सहज प्रयोग गर्न सक्छन् । यसमा रहेको ४२३०एमएएच क्षमताको ब्याट्रीले १७ घण्टासम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ । फोनमा उपलब्ध गरिएको ओक्टा(कोर प्रोसेसर, मिडियाटेक हेलियो पी३५ले उर्जा खपतमा न्यूनीकरण ल्याउनुका साथै ल्याग(फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्छ ।

ओपो ए१२मा रहेको कलर ओएस ६.१ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँ उचाई प्रदान गर्नेछ । यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखि अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रित गर्न सघाउँदै सुरक्षा प्रदान गर्ने सोचका साथ राइडिङ मोड पनि उपलब्ध गरिएको छ ।

ओपो ए१२मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालित रुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता राख्छ ।

आकर्षक डिजाइन

ओपो ए१२मा अभूतपूर्व मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोल्यूसन सहितको ६.२२ ईञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरिरहेको समय जुनै बेला आँखालाई सुरक्षा प्रदान गर्छ ।

ओपो ए१२मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोणअनुसार रङ र आकार परिवर्तन भएको अनुभव दिन्छ । फोनको पछिल्तिर फिंगरप्रिण्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचर पनि उपलब्ध गरिएको छ । १९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइन सहितको यो फोनको वजन जम्मा १६५ग्राम रहेको छ । यसले गर्दा एकै हातबाट पनि फोनको सहज तथा आरामदायी प्रयोग गर्न सकिन्छ ।

एआई सञ्चारित फोटोग्राफी तथा भिडियो टूल्स

ओपो ए१२मा एआईद्वारा सञ्चारित डुअल रियर क्यामेरा( १३एमपीप्रमुख + २एमपी डेप्थक्यामेरा जडान गरिएको छ । फोनमा रहेको १३एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६× डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रेजोल्यूसन तथा गुणस्तर सहित प्राकृतिक दृश्य खिच्न सघाउँछ । त्यसैगरी, २एमपी डेप्थ क्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदान गर्दै पोट्रेट मोडमा सुदृढ बोके ईफेक्ट दिन्छ । ओपो ए१२मा पोट्रेट शुटिङ र खाना तथा वनस्पति शुटिङका लागि दुई विशेष मोड्सको व्यवस्था पनि गरिएका छन् । तस्विरलाई अझ आकर्षक बनाउन फोनमा पोट्रेट स्टाइल्स र ड्याजल कलर मोडको व्यवस्था पनि गरिएको छ ।

स्वविवेकको प्रयोगमार्फत प्रयोगकर्ताका सेल्फी आकर्षक बनाउने क्षमता सहितको ओपोद्वारा स्वविकसित एआई ब्यूटिफिकेसनले फोनको ५एमपी फ्रण्ट क्यामेरालाई शक्ति प्रदान गर्छ । एआई ब्यूटिफिकेसनले स्वचालित रुपमा छालाको गुणस्तर, उमेर लिंग, स्किन टोन लगायतको पहिचान गर्दै प्रयोगकर्ताका विशेषताका आधारमा सटिक ब्यूटिफिकेसनका समाधान उपलब्ध गराउने क्षमता राख्छ ।

छोटा भिडियो मन पराउनेहरुका लागि ओपो ए१२मा सोलुप स्मार्ट भिडियो एडिटर पनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक ईफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ ।

भरपर्दो गुणस्तर र सेवा

उच्च मानकका आधारमा निर्मित तथा विकसित ओपोका उत्पादनहरु उच्च गुणस्तरीय हुने गर्छन् । यी उत्पादनहरुमा कम्पनीले १ लाख(भोल्यूम बटन टेस्ट, २ लाख(पावर बटन टेस्ट, २८ हजार( १० सीएम ड्रप टेस्ट परिक्षण गरिएका हुन्छन् । सार्वजनिक नयाँ उत्पादनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘आफ्ना उपभोक्तामा झन् नयाँ-नयाँ प्रविधि पस्कन ओपो हरदम प्रतिबद्ध छ । ओपो ए१२ मार्फत थप उपभोक्तामाझ मेनस्ट्रिम प्रविधिको फूलप्याकेज पस्कँदै तिनलाई अझ सहज र बौद्धिक तथा स्मार्ट जीवनतिर अग्रसर गराउनु हाम्रो उद्देश्य हो ।’

बजार उपलब्धता

ओपो ए१२को ३जीबी र्‍याम + ३२ जीबी रोम भ्यारियण्टको मूल्य रु. १८,५९० निर्धारण गरिएको छ र ४जीबी र्‍याम + ६४जीबी रोम भ्यारियण्टको मूल्य रु. २०,७९० निर्धारण गरिएको छ ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु