गृहपृष्ठ २४६ जना संक्रमित थपिए, १११ डिस्चार्ज
२४६ जना संक्रमित थपिए, १११ डिस्चार्ज
काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ मा संक्रमण
पछिल्लो २४ घन्टाभित्र देशभरका विभिन्न प्रयोगशालामा ८ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा २ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकासहित देशभर संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको जानकारी दिए ।
आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् भने ५७ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १६:३१ बजे

















