गृहपृष्ठ ओपोलाई ‘फाइन्ड एक्सटू प्रो’का लागि ईआईएसए एड्भान्सड स्मार्टफोन एवार्ड

ओपोलाई ‘फाइन्ड एक्सटू प्रो’का लागि ईआईएसए एड्भान्सड स्मार्टफोन एवार्ड

युरोपियन इमेज एन्ड साउन्ड एसोसिएसन (ईआईएसए)ले ओपो ‘फाइन्ड एक्सटू प्रो’लाई ‘ईआईएसए एड्भान्सड स्मार्टफोन २०२०‑२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कन्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविष्ट समूह हो ।

ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा आकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिससहितको डिजाइन अझ विशेष छ । ‘प्रिमियम प्रतिस्पर्धाभन्दा धेरै माथि यो ओपोको हालसम्मकै सर्वोत्कृष्ट स्मार्टफोन हो,’ इआईएसएले उल्लेख गरेको छ ।

ईआईएसएबाट पहिलोपटक ओपो फाइन्ड एक्सटू प्रोका लागि एवार्ड पाउँदा निकै गौरव महसुस भएको ओपो वेस्टर्न युरोपका अध्यक्ष म्यागी छ्यूले बताएका छन् । ‘प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ, डिजाइनलगायतsf हरेक पक्षमा निरन्तर नवप्रवर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र व्यावसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तर्क्रिया, डिस्प्ले अनुभवलगायतलाई फाइभजी युगका लागि नयाँ प्रस्तुति पस्केको छ,’ उनले भने ।

ओपो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२०एचजेड रिफ्रेस रेटसहितको क्यूएचडी प्लस एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणाली पनि उपलब्ध गराइएको छ । यसमा सुसज्जित फ्ल्यागसिप क्वालकम(आर) स्न्यापड्रागन (टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स५५ फाइभजी मोडेम(आरएफ प्रणालीका साथमा ६५वाट सुपरभोक २.० फ्ल्यास चार्ज (ओपोद्वारा डिजाइन तथा विकास गरिएको)ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।

ईआईएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरुको विश्वकै बृहत स्वतन्त्र सहकार्य हो । यसले कन्जुमर इलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ । ४० वर्षदेखि ईआईएसए अवार्डले कन्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ । २९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, इन‑कार र मोबाइल इलेक्टोनिक्स म्यागेजिन र वेबसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् । यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्र रुपमा काम गरे पनि ईआईएसएको छत्रअन्तर्गत सहकार्य गर्छन् ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु