गृहपृष्ठ रिचार्जर र पाँच वाणिज्य बैंकबीच छुट सम्झौता, ग्याजेट्स किनेर १८ महिनासम्ममा पैसा तिर्दा हुने

रिचार्जर र पाँच वाणिज्य बैंकबीच छुट सम्झौता, ग्याजेट्स किनेर १८ महिनासम्ममा पैसा तिर्दा हुने

सस्तो मूल्यमा कोभिडको सुरक्षा सामग्री बिक्री गर्दै आएको रिचार्जरले पाँचवटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । रिचार्जरले एनआईसी एशिया, सिद्धार्थ, ग्लोबल आईएमई, माछापुच्छ्रे र मेगा बैंकसँग शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

बिहीबार (आज)देखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ । उल्लिखित वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मेलाबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कार्ड नभएकाहरुले भने रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन् । यसरी आएको आवेदनको आधारमा बैंकहरुले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गर्ने रिचार्जरले जनाएको छ ।

कोरोनाभाइरस महामारीका बेला अफ्ठ्यारोमा परेका सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै सामान उपलब्ध गराउन बैंकहरुसँग यस्तो सम्झौता गरिएको रिचार्जरले जनाएको छ । सेल अवधिमा १८ महिनासम्मको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा सामान किन्न सकिनेछ ।

कोभिड संक्रमण जोखिमलाई ध्यानमा राख्दै सुरक्षा उपहरणहरु, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता विद्युतीय उपकरणहरु र जुत्ता, कपडा, झोला, पर्फ्युमलगायतका सामान ५० प्रतिशतसम्म छुटमा खरिद गर्न सकिने जनाइएको छ । सेलमा ‘बाई वान गेट वान फ्री’ अफर पनि सञ्चालन हुनेछ । किस्ताबन्दीका साथै नगद भुक्तानी वा क्यास अन डेलिभरीबाट कुनै पनि ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर निःशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ वितरण गर्ने जनाएको छ । मेला भदौ ११ देखि १८ गतेसम्म चल्नेछ ।

भदौ ३ गतेदेखि १९ गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु