गृहपृष्ठ एनसेलको पेएजयूगो डेटा अब ४० पैसा प्रति एमबीसम्ममा
एनसेलको पेएजयूगो डेटा अब ४० पैसा प्रति एमबीसम्ममा
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी करबाहेक रु २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो । यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्छन्, त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ ।
ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि रु २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क रु २ प्रति एमबी पर्छ । एक हप्तामा ग्राहकले रु २० देखि रु ५० सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क रु १ मा झर्छ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा रु ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी मात्र रु ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डेटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना सञ्चालन हुन्छ । कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा पेएजयूगो डेटा सेवामा रु २३ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट रु २० भन्दा बढि खर्च हुनेबित्तिकै पेएजयूगो शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि रु १ प्रति एमबीमा झर्नेछ । त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता रु ५० भन्दा बढी हुनेबित्तिकै ग्राहकले त्यस हप्ताको शनिबार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १६:३७ बजे

















