गृहपृष्ठ काठमाडौं उपत्यकामा ९०२ सहित देशभर १,५५९ संक्रमित थपिए
काठमाडौं उपत्यकामा ९०२ सहित देशभर १,५५९ संक्रमित थपिए
पछिल्लो २४ घन्टाभित्र १२ हजार २०५ जनाको पीसीआर परीक्षण गर्दा देशभर १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसमध्ये काठमाडौंका ६९७, ललितपुरका ११२ र भक्तपुरका ९३ रहेका छन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ । देशभरबाट कोरोना ७२ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका प्रवक्ता गौतमले जानकारी दिए ।
आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय २८ छ ।
नेपालमा काेराेनाका कारण ५ पुरूष र २ महिलासहित थप ७ जनाको ज्यान गएकाे छ । यसका साथै काेराेना संक्रमणबाट ४ सय ९८ जना पुगेकाे छ ।
प्रकाशित समय १६:३० बजे

















