गृहपृष्ठ ओपो एफ१७ को बिक्री सुरु, सिजनकै ‘स्लिकेस्ट’ फोन भएको दाबी

ओपो एफ१७ को बिक्री सुरु, सिजनकै ‘स्लिकेस्ट’ फोन भएको दाबी

नेपालमा आजदेखि ओपो एफ१७को फस्र्टसेलमार्फत बिक्री खुला गरिएको छ । सेप्टेम्बर २७ का दिन ओपो एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ१७ पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिए पनि कार्यक्रममार्फत फोनको फस्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो । आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ१७ को बजार मूल्य रु. ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ । जम्मा ७.४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दाबी छ । ओपोको नेपालभर रहेका प्रमुख बिक्री केन्द्रहरुमार्फत एफ१७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८ जीबी+१२८ जीबी भ्यारियन्टमा सार्वजनिक गरिएको हो ।

यस्ता छन् विशेषता:

ओपो एफ१७ को एक प्रमुख विशेषतामध्ये यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ१७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ । त्यसैगरी प्रोभन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ१७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा-कोर चिपसेट क्लक्ड एट २जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ ।

ओपो एफ१७ मा सेल्फी क्यामेराका लागि वाटर-ड्रप नोट्चका साथमा ६.४४ इञ्चको फुल एचडी एमोलेड स्क्रिनको व्यवस्था गरिएको छ । साथै, फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसैगरी फोनको पछिल्लो भागमा एफ/२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८एमपी वाइड-एंगल क्यामेरा र दुईवटा मोनो सेन्सरसहित क्वाड-क्यामेरा सेटअप दिइएको छ । त्यसैगरी, फोनको अघिल्लो भागमा १६एमपी क्षमताको शुटरको व्यवस्था फोनमा रहेको छ ।

यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप-सी पोर्टमार्फत सपोर्ट हुने ३०वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध छ । नेपाली बजारमा लेडरजस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दुई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु