गृहपृष्ठ माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्वान्टी-ट्वान्टी स्मार्ट योजना’

माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्वान्टी-ट्वान्टी स्मार्ट योजना’

machhapuchhre bank

स्थापनाको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वान्टी–ट्वान्टी) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर सञ्चालनमा ल्याएको हो । उक्त अफर योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म सञ्चालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागी भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड–१९ को जोखिम बढी नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०-२० स्मार्ट योजना सञ्चालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पीओएसमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गर्दछ ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु