गृहपृष्ठ ओपोद्वारा ‘इन्नो डे २०२०’ सम्पन्न, तीन उत्पादन सार्वजनिक

ओपोद्वारा ‘इन्नो डे २०२०’ सम्पन्न, तीन उत्पादन सार्वजनिक

‘लिप इन्ट द फ्यूचर’ अवधारणाका साथ चीनको शन्चनमा ‘ओपो इन्नो डे २०२०’को आयोजना गरिएको छ । पछिल्लो वर्ष इन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यसपटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ र ‘भच्र्यूओस इन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो ।

कार्यक्रममार्फत ओपोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्याण्डसेट, ओपो एक्स २०२१, ओपो एआर ग्लास २०२१ र ओपो साइबरियल एआर एप्लिकेशन पनि पहिलोपटक प्रदर्शित गरेको छ । ‘ओपो ईन्नो डे २०२०’मा बोल्दै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले आफ्नो ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीतिमार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रवर्तन पस्कने दृढता व्यक्त गरे । ‘ओपो ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ मा विश्वास गर्छ र कर्पोरेट नवप्रवर्तनको एक मात्र उद्देश्य उपभोक्ता हुनु पर्ने सोच राख्छ,’ उनले भने, ‘ओपोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना व्यक्त गर्न सकुन् भन्ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ । यही उद्देश्यका साथ ओपोको दिर्घकालिन विकासका लागि हामीले ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति अघि सारेका हौं ।’

यसमा रहेका ३ले तीन अन्तर्निहित प्रविधिहरु, हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनिधित्व गर्छ । यिनले ओपोलाई आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकीकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउँछ । ‘एन’ले ओपोका एआई, सेक्योरिटी र प्राइभेसी, मल्टिमिडिया र इन्टरकनेक्टिभिटीलगायत आवश्यक क्षमताका संख्याको प्रतिनिधित्व गर्छ । त्यसैगरी, ‘एक्स’ले अग्रगामी धार र पृथक प्रविधि तथा रणनीतिक श्रोत जस्तै फ्ल्याश चार्ज प्रविधि (जसले नवप्रवर्तनलाई बढावा दिनुका साथै प्रयोगकर्ता अनुभवमा उच्चतम सुधार प्रदान गर्छ) लगायतको प्रतिनिधित्व गर्छ ।

‘प्रविधिक क्षमता विस्तार गर्नु आवश्यक छ, तर तिनलाई नवप्रवर्तनात्मक तरिकाले एकीकृत गर्नु अझ महत्वपूर्ण हुन्छ । सबै कठिनाइको सामना गर्दै उपभोक्तालाई फाइदा मात्र उपलब्ध गराउनु पर्छ भन्ने ओपोको विश्वास छ’, कार्यक्रममा किनोट प्रस्तुत गर्दै ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

ओपोद्वारा भविष्यको प्राविधिक अन्वेषण परिभाषित

कार्यक्रममार्फत नै ओपोले तीन अवधारणा उत्पादनहरु पनि सार्वजनिक गरेको थियो । तिनले मानव(प्रविधि अन्तर्क्रिया र भविष्यको प्रविधि अन्वेषणसम्बन्धी सबै सम्भावना प्रदर्शित गर्छन् । ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपोको फ्लेक्सिबल (लचकदार) डिस्प्ले र स्ट्रक्चरल (संरचनात्मक) स्ट्याकिङअन्तर्गत प्रयोगकर्तालाई थप प्राकृतिक अन्तर्क्रिया अनुभव दिने नयाँ सफल प्रविधिको प्रतीक हो । प्रदर्शित कन्सेप्ट ह्याण्डसेटले ओपोको स्वामित्वमा रहेका तीन प्रविधिहरु, रोल मोटर पावरट्रेन, २(इन(वान प्लेट र स्व(विकासित र्‍याप ट्रयाक हाई स्ट्रेन्थ स्क्रिन लेमिनेट समाहित गरेको छ । यसमा रहेको कन्टिन्यूओसली भ्यारिएबल ओलेड डिस्प्लेका कारण फोनले ६.७ इञ्चसम्म सानोदेखि ७.४ इञ्चसम्म ठूलो मापन गर्न सक्छ । फलस्वरुप प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार डिस्प्लेको आकार समायोजन गर्न पाउँछन् ।

ओपो एआर ग्लास २०२१ले डिजिटल जगतमा ओपोको छलाङको सफल प्रतिनिधित्व गर्छ । अत्याधुनिक स्प्लिट डिजाइन समायोजित ओपो एआर ग्लास २०२१ कम्प्याक्ट र अल्ट्रालाइट छ । यो उपकरण पछिल्लो संस्करणका तुलनामा ७५% हल्का छ । यसमा रहेका कोर कम्पोनेन्ट्सका कुरा गर्दा ओपो एआर ग्लास २०२१को निर्माणमा बर्डबाथ अप्टिकल सोल्यूशनको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई जीवन्त अनुभव प्राप्त हुन्छ । ओपो एआर ग्लास २०२१मा स्टेरियो फिशआई क्यामेरा, एउटा टीओएफ सेनसर र एउटा आरजीबी क्यामेरा सहितको डाइभर्स सेन्सर जडान गरिएको छ । यसले प्रयोगकर्तालाई एआर जगतमा सटिक र प्राकृतिक अनुभव प्राप्त हुन्छ ।

रियल(टाइमको स्पाशियल क्याल्कुलेशन प्रविधिद्वारा सञ्चारित साईबरियल एआर एप्लिकेशनले सटिक स्थानियकरण र दृश्य चिन्ने क्षमता बोकेको छ । यसलाई थप रोमाञ्चक बनाउन सटिक रुपमा वातावरण निर्माण (सेन्टिमिटरसम्म), तत्समय सटिक स्थानीयकरण र ओपो क्लाउड गरी आपोका तीन मुख्य प्रविधिले समेत सुसज्जित गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई दृष्टिकोण निर्माण र वास्तविक संसारको पहिचान गर्ने कार्यमा थप सहयोग मिल्छ ।

ओपो इन्नो डेको आयोजना लगातार दुई वर्ष सफलतापूर्वक भइसकेको छ । समारोहमा बोल्दै टोनी छन्ले उत्कृष्ट नवप्रवर्तनका माध्यमबाट दयाले भरिपूर्ण विश्वको निर्माण गर्नु ओपोको चाहना रहेको बताए । ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ अवधारणाबाट प्रेरित ओपोले मानव र प्राविधिक नवप्रवर्तनबीच एकीकृत रुप दिँदै प्रयोगकर्तालाई समयानुकुल व्यक्तिगत प्राविधिक अनुभव पस्कने प्रयास गरिरहने जानकारी दिइएको छ । भविष्यमा पनि ओपोले आफ्ना पार्टनर्सँंग सहकार्य गर्दै मानवीय प्रविधिको उज्वल भविष्यका लागि काम गरिरहेने जानकरी दिइएको छ ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु