गृहपृष्ठ ११४२ संक्रमित थपिए, ३५३८ जना डिस्चार्ज

११४२ संक्रमित थपिए, ३५३८ जना डिस्चार्ज

मृतकको संख्या १,२५९ पुग्यो

आज देशभर १ हजार १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ ।

त्यस्तै, गत २४ घण्टामा ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु