गृहपृष्ठ ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शन
ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शन
ओपोले चौथो चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानवकेन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शन गरेको छ । यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसँगको सहकार्यमा निर्माण गरिएका हुन् ।
भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओपो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसँग नजिकको सहकार्यको नतिजा हुन् । प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिज पनि प्रदर्शनीमा राखेका थिए । तिनले ओपोको सुरुवाती अवस्थादेखि अपनाइँदै आइरहेका डिजाइन, धातु र अन्तक्र्रिया प्रतिबिम्बित गर्दै पृथक अन्तर्दृष्टिसमेत प्रस्तुत गरिरहेका थिए ।
सीआईआईडीई चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रिय स्तरको प्रदर्शनी हो । यस वर्षको थिम ‘न्यू डिजाइन, न्यू ट्रेण्ड्स, न्यू मोमेन्टम’मा आधारित भई ओपोले आफ्ना सुरुवाती अवस्था देखिका औद्योगिक रुपमै अग्रणी क्लासिक प्रडक्ट डिजाइनहरु वृहत्तर प्रदर्शनीमा राखेको थियो । सन् २००८ मा सौन्दर्यशास्त्रको पूर्ण तालमेल प्राप्ति र नवप्रवर्तनको आफ्नो दीर्घकालीन सोचको प्रतीक तथा यात्राको सुरुवातका रुपमा ओपोले आफ्नो पहिलो स्मार्टफोन ‘स्माइली फेस’ ए १०३ सार्वजनिक गरेको थियो । पछिल्ला १२ वर्षमा ओपोले नवप्रबर्तनको आफ्नो असीमित यात्रालाई कायम राख्दै विभिन्न नवप्रवर्तनात्मक उत्पादनहरु प्रस्तुत गरिरहेको छ । सन् २०१२ मा ओपोले प्रयोगकर्तालाई बोक्न सजिलो र सहजता प्रदान गर्ने सोचका साथ डिजाइन गरिएको विश्वकै पातलो फोन फाइन्डर सार्वजनिक गरेको थियो । सन् २०१४ मा फाइन्ड ५ मार्फत २.५डी कर्भ्ड डिजाइन र सन् २०१६ मा हिउँले ढाकिएका हिमाली छालसँग प्रेरित हुँदै सुदृढ ग्रिप र लुक्ससहितको फोन उपलब्ध गराउन आर ९ सार्वजनिक गर्यो । भर्खरै, सन् २०१९ मा हालका लागि संसारकै पातलो फाइभजी फोनका रुपमा ओपोले रेनोथ्री पनि सार्वजनिक गरेको थियो ।
ओपोको डिजाइन सफलता अत्याधुनिक क्यामेरा प्रविधिहरुमा पनि प्रष्ट झल्किन्छ । सन् २०१४ मा ओपोले विश्वकै पहिलो मोटोराइज्ड रोटेटिङ क्यामेरा स्मार्टफोन एनथ्री सार्वजनिक गरेको थियो । सन् २०१८ मा ओपोले स्लाइडिङ डिजाइनको उपयोग गर्दै फोन भित्रबाटै क्यामेरा पपआउट हुने फुल स्क्रिन डिस्प्ले स्मार्टफोन, फाइन्ड एक्स सार्वजनिक गर्यो । यो नवप्रवर्तनले फ्रन्ट र रियर क्यामेरा र सेन्ससलगायत ११ भिन्न घटकको एकीकृत सम्मिश्रण प्रस्तुत गर्दै नतिजास्वरुप ९३.८ प्रतिशत स्क्रिन टू बडी रेसियो प्रस्तुत गर्यो । सन् २०१९ मा ओपोले अझ एक कदम अघि बढ्दै यूनिक पिभोट राइजिङ स्ट्रक्चर सहितको रेनो टेनएक्स जुम सार्वजनिक गरेको छ । यसले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ डिजाइन अवधारणाहरुलाई हालसम्म पनि प्रेरित गरिरहेको छ ।

यस वर्षको नोभेम्बर महिनामा ओपो ईन्नो डे २०२० समारोहमार्फत ओपोले आफ्नो नयाँ अन्वेषणका रुपमा मोबाइल फोन फर्म फ्याक्टसअन्तर्गत ओपो एक्स २०२१ मार्फत रोलेबल कन्सेप्चुअल ह्याण्डसेट प्रदर्शित गरेको छ । कन्सेप्चुअल उपकरणमार्फत प्रदर्शित रोलेबल डिस्प्लेको आकार टोकिएको रेञ्जभित्र असीमित रुपमा समायोजन गर्न सकिन्छ । यसले भविष्यका उपकरणका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानवले तीसँग कस्तो अन्तक्र्रिया गर्छ भन्ने नमुना पनि प्रस्तुत गरेको छ ।
सीआईआईडीइले अग्रणी जापानिज इन्डस्ट्रियल डिजाइनिङ स्टूडियो नेन्डोसँगको सहकार्यमा विकासको प्रक्रियामा रहेका ‘स्लाइड(फोन’ र ‘म्यूजिक लिंक’ कन्सेप्चुअल डिजाइन प्रदर्शित गरेको थियो । स्मार्टफोन प्रयोगकर्ताहरु आफू वरपरका विश्वसँग अन्तक्र्रिया गर्न वृहत्त रुपमा स्मार्टफोनमा निर्भर हुन थालेको दुवै कम्पनीको निष्कर्षका आधारमा ‘स्लाइड(फोन’को सोच विकसित भएको हो । बहुउपयोगी साधनका रुपमा विकसित हुँदै जाने क्रममा यसको आकारमा निरन्तर वृद्धि हुँदै आएको पाइन्छ । यसले गर्दा स्मार्टफोन बोक्न कठिन र यसले प्रदान गर्ने सहजता र सुलभतामा ह्रास आउँदै गएको छ । फोनको आकार बढ्दै जानु प्रयोगकर्ताका लागि चिन्ताको विषयका रुपमा रहँदै आएको छ । चिन्ताको निवारण दिने सोचका साथ विकसित ‘स्लाइड(फोन’ अवधारणाको डिजाइनमा एकै दिशामा पट्याउन मिल्ने हिञ्जद्वारा सपोर्ट प्रदान गरिएका तीन ओटा स्क्रिन जडान गरिएका छन् । यसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्छन् । साथै, यसमा जडित स्टाइलसको माध्यमबाट प्रयोगकर्ताले काम वा अन्य कठिन कार्यका लागि आवश्यकताअनुसार फोनको प्रयोग गर्न सक्नेछन् ।
‘स्लाइड फोन’लाई आवश्यकता अनुसार विभिन्न आकारमा फोनल्ड गर्न सकिने
कन्सेप्चुअल डिजाइन सहितको ‘स्लाइड(फोन’लाई आवश्यकताअनुसार क्रेडिट कार्डको आकारमा पनि पट्याउन सकिन्छ । ओपो र नेन्डोको अर्को कन्सेप्चुअल डिजाइन ‘म्यूजिक(लिंक’ टीडबल्यूएस ईयरफोन्स जसमा स्मार्टवाट्च, एआई स्पिकर, पोर्टेबल चार्जर र वायरलेस चार्जरको माध्यमबाट एक अर्कासंग जडित विभिन्न उपकरणहरुको समुह हो । सबै उपकरणहरुको डिजाइन अहिलेका प्रयोगकर्ताको सौन्दर्य चाहना अनुरुप स्लिक अग्र्यानिक फोर्ममा गरिएको छ । टीडब्ल्यूएस ईयरफोन्स र पोर्टेबल चार्जिङ केसलाई एआई स्पिकरमा जडान गरेपश्चात प्रयोगकर्ताले हेडफोन्स र स्पिकरका माध्यमबाट संगीतको मज्जा लिन सक्छन् । उपकरणहरुबीचको यो सिम्बायोटिक डिजाइनले पोर्टेबिलिटी र सहजता प्रतिबिम्बित गर्नुका साथै, प्रविधिहरुको एकिकरण र मानव केन्द्रित डिजाइन अवधारणा प्रति ओपोको प्रतिबद्धतापनि झल्किन्छ ।

‘म्यूजिक लिंक’को कन्सेप्चुअल डिजाइन
ओपो र नेन्डो बीचको सहकार्यबारे बोल्दै नेन्डोका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख डिजाइनर, ओकी साटोले भने, ‘अत्याधुनिक प्रविधिमार्फत मानव र तिनका उपकरण बीच सुमधुर सम्बन्ध कायम गर्दै लैजाने सोचका साथ अपनाइएका मानव केन्द्रित ओपोको डिजाइन दर्शनबाट म निकै प्रभावित छु । म ओपो टिमका नयाँ अवधारणाहरु तथा तिनले प्रविधि र भावनात्मक संलग्नता बीचको सन्तुलनलाई कसरी अघि लान्छ भन्ने कुरा हेर्न निकै उत्सुक छु ।’ ओपो ईन्डष्ट्रियल डिजाइन प्रमुख स्याओ बोले भने,‘निन्डोका डिजाइनहरु ओपोको मानवकेन्द्रित दर्शनसंग मिल्दोजुल्दो छन् । प्रयोगकर्तालाई अत्याधुनिक नवप्रवर्तन तथा प्रविधिका साथमा आनन्ददायी अनुभव दिने उत्पादनहरु पस्कनु ओपोको उद्देश्य रहँदै आएको छ । प्रयोगकर्तालाई आरामदायी अनुभव दिने ग्राउण्ड ब्रेकिङ प्राविधिक उत्पादन निर्माणका लागि हामी मानव माथि नै केन्द्रित हुनु पर्छ भन्ने दृढ विश्वासका साथ यो पार्टनरसिपको थालनी भएको हो । भविस्यमा यो पहललाई थप शक्ति प्रदान गर्न हामी थप ईञ्जिनियरिङ उत्पादनहरु अझ सहज र प्रयोगकर्तामैत्री अनुभवका साथमा पस्कँदै जानेछौँ ।’
ओपोले औद्योगिक क्षेत्रमा डिजाइन र नवप्रबर्तन प्रस्फूटनका लागि ईन्डष्ट्रियल डिजाइन सेन्टरको स्थापना गरेको छ । केन्द्रलाई फोर्थ सेलेक्सन अफ नेशनल ईन्डष्ट्रियल डिजाइन सेन्टर्स ईन चाईनाले सन् २०१९ नोवेम्बर २२ मा प्रमाणित (सर्टिफाइड) गरेको छ । ओपोका अभूतपूर्व प्रडक्ट डिजाइनहरुलाई उद्योगले पनि अपनत्वका साथ पहिचान पनि प्रदान गरेको छ । यस वर्ष ओपोले फाइन्ड एक्स र रेनोथ्री प्रोले २०२० गुड डिजाइन अवार्ड्स प्राप्त गरेका छन् भने ओपो फाईन्ड एक्सटू प्रोले चाईना मोबाइल फोन डिजाइन कम्पिटिशनमा स्वान अवार्ड हात पारेको छ । ओपोले उत्पादन डिजाइनमा आफ्नो ध्यान केन्द्रित गर्दै प्रविधि र सौन्दर्यको समायोजनमार्फत मानव र उपकरण विच सुमधुर सम्बन्ध कायम गराउँदै विश्वलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्ने अन्वेषणलाई निरन्तरता दिई रहने जानकारी दिएको छ ।
प्रकाशित समय १७:०४ बजे

















