गृहपृष्ठ ८२१ जना कोरोना संक्रमित थपिए, ८४२ जना डिस्चार्ज, १८ को मृत्यु

८२१ जना कोरोना संक्रमित थपिए, ८४२ जना डिस्चार्ज, १८ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् भने ४ सय ७१ जना क्वारेन्टिनमा छन् । सोमबार थपिएकामध्ये काठमाडौँ उपत्यकाका ३३३ जना रहेका  छन् । काठमाडौँमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु