गृहपृष्ठ मोबाइल सुरक्षित राख्ने पाँच उपाय

मोबाइल सुरक्षित राख्ने पाँच उपाय

दैनिक जीवनमा मोबाइल अभिन्न रुपमा जोडिएको छ । दैनिक जीवन सञ्चालन गर्न होस् चाहे आफन्त या साथीभाइसँग सम्पर्कमा रहन मोबाइल अपरिहार्य भइसकेको छ । दैनिक जीवनसँग यसरी अभिन्न रुपमा जोडिएको मोबाइललाई सुरक्षित रुपमा प्रयोग गर्ने तरिका भने धेरैलाई थाहा नहुन पनि सक्छ । मोबाइललाई सुरक्षित राख्ने केही तरिका निम्न छन्, जसको अवलम्बन गरी यसलाई सुरक्षित राख्न सकिन्छ :

पासवर्ड
तपाईं स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिलो कुरा त्यसमा पासवर्ड राख्नुहोस् । ‘स्क्रिन लक’ तपाईं आफ्नो तरिकाको प्रयोग गर्न सक्नुहुन्छ । मोबाइलमा सबैभन्दा धेरै प्रयोग हुने ‘लक’ तीन प्रकारका हुन्छन् । ‘स्लाइड लक’, ‘प्याटर्न लक’ र ‘नम्बर लक’ । यी तीनमध्ये जुनसुकै तरिकाद्वारा पनि आफ्नो स्मार्ट फोन लक गर्न सक्नुहुन्छ । स्मार्टफोनमा लकको प्रयोग यसकारण गरिन्छ कि तपाईंको स्मार्ट फोन तपाईंले मात्र प्रयोग गर्न सक्नुहोस्, जसले गर्दा मोबाइल सुरक्षित रहन्छ ।

गुगल एकाउन्ट
स्मार्ट फोनमा गुगल एकाउन्ट आवश्यक हुन्छ । यो प्लेस्टोर चलाउनका लागि पनि प्रयोगमा आउँछ । गुगल एकाउन्ट बनाउँदा ध्यान दिन भने जरुरी छ किनकि जब पासवर्ड बिर्सनुहुन्छ या रिसेट गर्नुहुन्छ, त्यसबखत यसको काम आउँछ ।

मोबाइल एप्लिकेसन
जब कुनै पनि एप्लिकेसन डाउनलोड गर्नुहुन्छ, त्यसका लागि प्लेस्टोर प्रयोग गर्नुहोस् । किनकि अनलाइनमा यस्ता पनि एप्लिकेसन हुन्छन्, जसले तपाईंको मोबाइललाई नोक्सान गर्न सक्छन् । त्यसैले जुनसुकै एप प्लेस्टोरबाट डाउनलोड गर्नुपर्छ ।

ब्राउजर
जति सक्नुहुन्छ, आफ्नो काम एप्लिकेसनबाट गर्ने गर्नुहोस् । किनकि ब्राउजरबाट भन्दा एप्लिकेसनबाट काम गर्दा मोबाइल सुरक्षित रहने सम्भावना बढी हुने गरेको बताइन्छ ।

फोर्सस्टप
तपाईंको मोबाइलमा कतिपय एप्लिकेसन बिनाकारण चलिरहेका हुन्छन् । त्यसलाई मोबाइलको सेटिङमा गएर अनावश्यक एप्लिकेसनको फोर्सस्टप गर्नुहोस्, जसका कारण मोबाइल ह्याङ हुने सम्भावना कम हुन्छ ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु