गृहपृष्ठ यस्तो छ नोभा थ्री आई

यस्तो छ नोभा थ्री आई

बजारमा नयाँ र धेरै विशेषता भएका स्मार्टफोन सार्वजनिक हुने क्रम जारी छ ।
स्मार्टफोन कम्पनीहरुले सकेसम्म नयाँ र उपयोगी फिचर ल्याएर बजारमा नियन्त्रणको प्रयास समेत गर्छन् । पछिल्लोपटक चीनियाँ मोबाइल कम्पनी हुवाईले नोभा सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । नोभा थ्री र नोभा थ्री आईमा उच्च क्वालिटीको क्यामेराका साथै आटिफिसियल इन्टेलिजेन्स एआई क्षमता समेत छ । जो सेल्फीका लागि उत्तम छ ।

नोभा थ्रीमा दुई क्यामेरा, २४ मेगापिक्सल प्राइमरी क्यामेरा र दुई मेगापिक्सल सेकेन्डरी क्यामेरा जडान गरिएको छ ।

प्राईमरीले फोटो र भिडियोहरु सफा खिच्छ भने सेकेण्डरीले हरेक पक्षलाई समेटेर गहिराईका खिच्न सकिन्छ । नोभा थ्रीमा १६ एमपीको प्राइमरी सेन्सर र २ एमपीको सेकेण्डरी सेन्सर छ ।

हुवाई थ्रीलाई विभिन्न रङले आकर्षक बनाइएको छ । १९.५ः९ को फूल भ्यू रहेको यसमा एन्ड्रोइड ओरियो ८.१ अपरेटिङ सिस्टम छ । हुवाई किरिन ९७० चिपसेटमा चल्ने यो सेटमा ४ जिबीको र्याम प्रयोग गरिएको छ । यसले मोबाइलको स्पिड र क्षमता थप्छ । यसमा दुई फोरजी सिम प्रयोग गर्न मिल्छ भने ३३ सय ४० एमएएचको ब्याट्री क्षमता छ ।
आकर्षक स्क्रिन भएको यो स्मार्टफोन रातो, निलो र कालो कलरमा उपलब्ध छ । यसको नेपाली बजार मुल्य ३८ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु