गृहपृष्ठ सर्लाही गोली काण्डका दोषीलाई कारबाही हुन्छ : प्रहरी
सर्लाही गोली काण्डका दोषीलाई कारबाही हुन्छ : प्रहरी
सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ मा नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय ६५ वर्षीय बिलास महतोको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।
वडा नम्बर ४ का वडाअध्यक्ष राम नरेश महतोको घरमा नेकपाका कार्यकर्ताले सोमबार साँझ तोडफोड गरेपछि झडप भएको हो । अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले गोली काण्ड घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् । जनकपुरधाममा पत्रकारसँग गोलिकाण्डका विषयमा अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने बताए । सर्लाही प्रहरीलाई घटनामा संलग्न रहेकालाई पक्राउ गर्न निदेशन दिइएको बताए ।
प्रकाशित समय १५:५९ बजे

















